Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ ईएनटी सेवाबाट १,०३७ नागरिक लाभान्वित, ४३ जनाको शल्यक्रिया
    Published on : 05-11-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास), जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपाल (RIDS Nepal) को सहकार्यमा सञ्चालन गरिएको विशेषज्ञ कान, नाक तथा घाँटी (ईएनटी) स्वास्थ्य सेवा कार्यक्रमबाट १ हजार ३७ जना नागरिक लाभान्वित भएका छन्। कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका ईएनटीसम्बन्धी समस्याबाट पीडित ४३ जना बिरामीको  शल्यक्रिया गरिएको छ।

    कार्यक्रमका क्रममा बेलायतस्थित मेडिकल एड इन्टरनेसनल (Medical Aid International, UK) को सहयोगमा करिब ८० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक जाइस (ZEI... see more

  • कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीज्यूसँग भेटघाट ...
    Published on : 03-11-2026

    मिति २०८३ कार्तिक १७ गते कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीज्यूसँग उहाँकै कार्यकक्षमा प्रतिष्ठानको तर्फबाट उच्चस्तरीय भेटघाट तथा छलफल सम्पन्न भएको छ। उक्त भेटघाटका क्रममा आगामी दिनमा कर्णाली प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच निरन्तर समन्वय, सहकार्य तथा रणनीतिक सम्झौता मार्फत कर्णाली  प्रदेशको स्वास्थ्य सेवा , अनुसन्धान तथा चिकित्सा शिक्षालाई दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता सहित छलफल सम्पन्न भएको छ।

    see more

  • प्रदेश अस्पताल कालागाँउ सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विच आपसी समन्वय, सहकार्य
    Published on : 03-11-2026

    मिति २०८३ कार्तिक  महिनाको १६ गते कर्णाली प्रदेश सामाजिक विकास  मन्त्री  श्री जीत बहादुर मल्लज्यूको समपस्थितिमा  स्वास्थ्य सचिव, प्रदेश अस्पताल प्रशासन प्रमुख , सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बीच कर्णाली प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धी दीर्घकालीन तथा समसामिक विषयमा छलफल सम्पन्न भयो।


    आगामि दिनहरुमा सामाजिक विकास मन्त्रालय, प्रदेश अस्पताल  कालागाँउ सुर्खे... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण
    Published on : 31-10-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण
    चिकित्सकको सीप अभिवृद्धि, गुणस्तरीय शल्यक्रिया सेवा र स्वस्थ कर्णाली निर्माणतर्फ महत्वपूर्ण सहकार्य।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लामा आधुनिक शल्यक्रिया प्रविधिको अभ्यास तथा चिकित्सकहरूको व्यावहारिक सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले शल्यक्रिया तालिमसम्बन्धी उपकरणहरू हस्तान्तरण गरिएको छ।
    नेपालिज डक्टर्स एसोसिएसन यूके (NDA UK) ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपलब्ध गराएको उक्त उपकरणहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोलाई हस्त... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण
    Published on : 31-10-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्याधुनिक कान शल्यचिकित्सा उपकरण हस्तान्तरण

    अन्तर्राष्ट्रिय नेपाल फेलोसिप (International Nepal Fellowship, UK – INF-UK) र ग्रामीण एकीकृत विकास समाज (RIDS Nepal) को सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लालाई कानसम्बन्धी उपचार तथा शल्यचिकित्सा सेवालाई थप प्रभावकारी बनाउन Zeiss Surgical Microscope for Otorhinolaryngology हस्तान्तरण गरिएको छ।

    उक्त उपकरण हस्तान्तरण कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. बिनम... see more

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत विकास र गुणस्तरीय सेवातर्फ अर्को महत्त्वपूर्ण कदम।
    Published on : 08-11-2026

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोज्यू र माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताज्यूबीच भएको भेटघाटका क्रममा आर्थिक वर्ष २०८३/८४ का लागि प्रतिष्ठानको कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

    यस सम्झौताले प्रतिष्ठानको आगामी कार्यदिशा, प्राथमिकता र संस्थागत जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ।

    सम्झौतामा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा तथा शैक्षिक गुणस्तर अभिवृद्धि, विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, भौतिक पूर्वाधार विकास, औषधि तथा उपकरणको प्रभावकारी व्यवस्थापन, स्वास्थ्य बिमा तथा विपन्न नागरिकलाई स्व... see more