Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal

News

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीज्यूसँग भेटघाट ...

Published on : Nov 03, 2026

मिति २०८३ कार्तिक १७ गते कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीज्यूसँग उहाँकै कार्यकक्षमा प्रतिष्ठानको तर्फबाट उच्चस्तरीय भेटघाट तथा छलफल सम्पन्न भएको छ। उक्त भेटघाटका क्रममा आगामी दिनमा कर्णाली प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच निरन्तर समन्वय, सहकार्य तथा रणनीतिक सम्झौता मार्फत कर्णाली  प्रदेशको स्वास्थ्य सेवा , अनुसन्धान तथा चिकित्सा शिक्षालाई दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता सहित छलफल सम्पन्न भएको छ।