Karnali Academy of Health Sciences (KAHS)

Jumla, Karnali, Nepal

News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण

Published on : Oct 31, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक शल्यक्रिया तालिमका उपकरण हस्तान्तरण
चिकित्सकको सीप अभिवृद्धि, गुणस्तरीय शल्यक्रिया सेवा र स्वस्थ कर्णाली निर्माणतर्फ महत्वपूर्ण सहकार्य।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लामा आधुनिक शल्यक्रिया प्रविधिको अभ्यास तथा चिकित्सकहरूको व्यावहारिक सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले शल्यक्रिया तालिमसम्बन्धी उपकरणहरू हस्तान्तरण गरिएको छ।
नेपालिज डक्टर्स एसोसिएसन यूके (NDA UK) ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपलब्ध गराएको उक्त उपकरणहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोलाई हस्तान्तरण गरिएको हो। यस सहयोगले विशेषगरी ल्याप्रोस्कोपिक शल्यक्रियालगायत आधुनिक शल्यक्रिया प्रविधिको व्यावहारिक अभ्यास र तालिमलाई सुदृढ बनाउन सहयोग पुग्ने  छ।


यस सहकार्यमा योगदान पुर्‍याउनुहुने NDA UK का उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की तथा रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्य लगायत सम्बन्धित संस्थाका सम्पूर्ण पदाधिकारी तथा सहयोगीहरूप्रति प्रतिष्ठान हार्दिक आभार व्यक्त गर्दछ।
उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बोको नेतृत्वमा KAHS ले गुणस्तरीय चिकित्सा शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ निरन्तर कार्य गर्दै आएको छ।
यी उपकरणहरूले शल्यचिकित्सक तथा प्रशिक्षार्थी चिकित्सकहरूको व्यावहारिक सीप, आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछन्। चिकित्सकहरूको दक्षता र क्षमतामा हुने सुधारले अन्ततः सेवाग्राहीले प्राप्त गर्ने उपचारको गुणस्तर र सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने   छ।
कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिष्ठानको अभियानमा सहकार्य गर्नुहुने NDA UK, रोटरी क्लब अफ काष्ठमण्डप, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ तथा यस पहलमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति र संस्थाप्रति हार्दिक धन्यवाद।
सहकार्यबाट सीप विकास, सीप विकासबाट गुणस्तरीय उपचार ।

"स्वस्थ कर्णाली, समृद्ध कर्णाली"