कर्णालीमा पनि पाइन थाल्यो सुगमको झैं स्वास्थ्य सेवा..


News & Events : Published on 2074-07-19 in swasthakhabar.com
कर्णालीमा पनि पाइन थाल्यो सुगमको झैं स्वास्थ्य सेवा..

जुम्ला- कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको ‘दुर्गम कर्णाली’ भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ । अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ ।
read more